site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
१८ खर्ब ७२ अर्ब पुग्यो विदेशी मुद्रा सञ्चिति, आठ महिनामा २१.७ प्रतिशतले बढ्यो

काठमाडौं । चालु आर्थिक वर्षको फागुन मसान्तसम्म मुलुकमा १८ खर्ब ७२ अर्बभन्दा बढी विदेशी मुद्रा सञ्चिति रहेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्ष २०८०/०८१ को पछिल्लो आठ महिनामा २१.७ प्रतिशतले विदेशी मुद्रा सञ्चिति बढेको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

गत असार मसान्तमा १५ खर्ब ३९ अर्ब ३६ करोड रहेको विदेशी विनिमय सञ्चिति गत फागुन मसान्तमा १८ खर्ब ७२ अर्ब ८२ करोड पुगेको हो ।

अमेरिकी डलरमा मुद्रा सञ्चिति १४ अर्ब १४ करोड रहेको छ ।

आठ महिनाको आयातलाई आधार मान्दा यो सञ्चितिले १४.८ महिनाको वस्तु र १२.४ महिनाको वस्तु तथा सेवा आयात धान्ने राष्ट्र बैंकले जनाएको छ ।

प्रकाशित मिति: बिहीबार, चैत २२, २०८०  १६:५५
प्रतिक्रिया दिनुहोस्