site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
हसिना खानलाई सांसद बनाउने जसपाको निर्णय
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)ले हसिना खानलाई प्रतिनिधिसभा सदस्य बनाउन निर्वाचन आयोगसमक्ष सिफारिस गरेको छ ।

बिहीबार बालकुमारीमा बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकबाट खानलाई समानुपातिक सांसदका निम्ति सिफारिस गर्ने निर्णय गरिएको पार्टीका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।

यही चैत ४ गते जसपाकी सांसद मञ्जु अन्सारीको निधन भएपछि प्रतिनिधिसभाको समानुपातिकतर्फ एक स्थान रिक्त छ । मुस्लिम क्लस्टरबाट प्रतिनिधिसभा सदस्य बनेकी शहनाज रहमानको ०७९ फागुन १३ गते निधन भएपछि रिक्त स्थानमा अन्सारी सांसद बनेकी थिइन् । अन्सारीको निधनपछि रिक्त स्थानमा खान सिफारिस भएकी हुन् ।

प्रकाशित मिति: बिहीबार, चैत २२, २०८०  १२:२०
प्रतिक्रिया दिनुहोस्