site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
समाजवादी विभाजित हुँदा हिजो परास्त गरेका शक्तिले शिर उठाउने स्थिति बन्यो : भट्टराई

काठमाडौं । नेकपा (एमाले)का नेता राजन भट्टराईले समाजवादीहरूका बीचमा एकता नहुँदा हिजो परास्त गरेका शक्तिले शिर उठाउने अवस्था बनेको बताएका छन् । मंगलबार समाजवादी मोर्चाले काठमाडौंको राष्ट्रिय सभागृहमा आयोजना गरेको कार्यक्रममा उनले समाजवादीहरूको बहुमत हुन नसकेको बताए । 

“आज बहुमतमा पुग्ने समाजवादीहरूका बीचमा एकता नहुँदा, विभाजन हुँदा हामीले प्राप्त गरेका उपलब्धिहरू लडेर ल्याएको संविधान, रोजेर ल्याएको व्यवस्था,” उनले भने, “समाजवादी विभाजित भएका कारण हिजो हामीले परास्त गरेका शक्तिहरूले शिर उठाउने स्थिति बनेको छ ।” 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

एमाले समाजवादी मोर्चामा सहभागी नभएकाले भट्टराई अतिथि वक्ताका रूपमा कार्यक्रममा पुगेका थिए । भट्टराईले समाजवादी हौँ भन्नेहरूबीच न्यूनतम सहमति हुनुपर्ने बताए । 

“पहिलो सर्त समाजवादी हौँ भन्नेहरू बीचमा न्यूनतम एकता, सहमतिका कुरा आफ्ना स्वार्थभन्दा माथि उठेर ती कुरालाई लागु गरेर जान सक्ने आँट, हिम्मत र परिवेश निर्माण गर्न सक्नुपर्छ,” उनले भने । 

समाजवादको बाटोमा कार्यान्वयनको त्रुटि सच्याउन शीर्ष नेतालाई आग्रह गरे ।
 

प्रकाशित मिति: मंगलबार, चैत २०, २०८०  १५:५९
प्रतिक्रिया दिनुहोस्