site stats
बाह्रखरी :: Baahrakhari
विदेश
दक्षिण अफ्रिकामा बस दुर्घटना, ४५ जनाको मृत्यु

जोहानेसबर्ग । दक्षिण अफ्रिकाको उत्तरपूर्वी लिम्पोपो प्रान्तमा बिहीबार भएको बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या ४५ पुगेको छ । 

यातायात विभागका अनुसार, बोत्सवानाबाट लिम्पोपो प्रान्तको मोरिया सहरतर्फ गइरहेको यात्रुबाहक बस दुर्घटना भएको थियो । एक यात्रुको भने गम्भीर घाइते अवस्थामा उद्धार गरिएको अधिकारीहरूले बताएका छन् । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

दक्षिण अफ्रिकाका यातायातमन्त्री सिन्डीसिवे सिकुन्गाले मोरिया सहरनजिक भएको यस दुःखद घटनामा ज्यान गुमाउनेप्रति श्रद्धासुमन व्यक्त गर्दै सवारी चलाउँदा अत्यन्त सावधानी अपनाउन आग्रह गरे । उद्धार कार्यका बारेमा प्रहरीले नियमित अद्यावधि विवरण सार्वजनिक गरिरहेको जनाएको छ । दुर्घटनाका बारेमा यथार्थ विवरण भने सार्वजनिक भइसकेको छैन । 

दुर्घटनामा ज्यान गुमाउनेहरू अधिकांश इसाई समुदायको ईस्टर पर्वका अवसरमा सहभागीहरू रहेको प्रहरीको भनाइ छ । उक्त बस अनियन्त्रित भई पुलबाट झन्डै ५० मिटर तल नदीमा खसेर आगो लागेको थियो । रासस/सिन्ह्वा

प्रकाशित मिति: शुक्रबार, चैत १६, २०८०  ११:५८
प्रतिक्रिया दिनुहोस्