site stats
बाह्रखरी :: Baahrakhari
देश
कार्यालय खुलेको चार वर्षपछि धनकुटामा कोसी सरकारको पहिलो मन्त्रिपरिषद् बैठक

विराटनगर । धनकुटामा सम्पर्क कार्यालय खुलेयता पहिलोपटक कोसी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठक बसेको छ ।

तत्कालीन मुख्यमन्त्री शेरधन राईले धनकुटामा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को सम्पर्क कार्यालय खोलेका थिए । त्यसयताका कुनै पनि मुख्यमन्त्री पुगेर त्यहाँ कामकाज गर्ने र बैठक बसेका थिएनन् । मंगलबार धनकुटा पुगेका कोसीका मुख्यमन्त्री केदार कार्कीले पहिलोपटक धनकुटामा मन्त्रिपरिषद्को बैठक बसाएका हुन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

मन्त्रिपरिषद्ले मायाको चिनो तथा उपहारजन्य वस्तु प्रदेशमै उत्पादन भएका बस्तु प्रयोग गराउन सम्बन्धित निकायलाई निर्देशन दिने, कोसी मन्त्रिपरिषद्को बैठक महिनामा एकपटक धनकुटामा बस्ने र पवित्र खुवालुङ क्षेत्रलाई धार्मिक तथा पर्यटकीय रूपमा विकास गर्ने निर्णय भएको सरकारका प्रवक्ता आन्तरिक मामिला तथा कानुनमन्त्री शम्शेर राईले बताए ।

कोसी प्रदेशको राजधानी बनाउन माग गर्दै धनकुटावासीले लामो समयसम्म आन्दोलन गरेका थिए । पछि विराटनगर विराटनगर प्रदेश राजधानी तोकियो । स्थानीयलाई सान्त्वना दिन शेरधन राई सरकारले २०७६ वैशाख १७ गते धनकुटामा मुख्यमन्त्रीको सम्पर्क कार्यालय खोल्ने निर्णय गरेको थियो ।  

प्रदेश लगानी बोर्डको २२औँ बैठक पनि मंगलबार नै धनकुटामा बसेको छ । जेठ ७, ८ र ९ विश्व चिया सम्मेलन तथा लगानी एक्स्पो गर्ने निर्णय भएको बताइएको छ । साँगुरीगढी नगरपालिकाको स्काइवाकको रोयल्टी धरान उपमहानगरपालिका र साँगुरीगढी गाउँपालिकासँग आम्दानीको बाँडफाँट कसरी गर्ने भन्ने विषयमा सुझाव लिन समिति गठन भएको छ । 

प्रकाशित मिति: मंगलबार, चैत १३, २०८०  १८:२९
प्रतिक्रिया दिनुहोस्