site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
लगानी सम्मेलनमा भाग लिन विश्व बैंकका उपाध्यक्षलाई निमन्त्रणा
फाइल तस्बिर ।

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले आउँदो वैशाख १६ र १७ गते काठमाडौंमा आयोजना हुने गरी तयारी भइरहेको तेस्रो लगानी सम्मेलनमा भाग लिन विश्व बैंकका दक्षिण एसिया हेर्ने उपाध्यक्ष मार्टिन रेजरलाई निमन्त्रणा गरेका छन् ।

बिहीबार राति अर्थमन्त्री पुन र विश्व बैंकका उपाध्यक्षत्रय मार्टिन रेजर, आकिहिको निसिओ र ग्वान्झे चेनबीच भर्चुअल संवाद भएको थियो । उक्त संवादका क्रममा अर्थमन्त्री पुनले लगानी सम्मेलनमा भाग लिनका निम्ति निम्तो गरेको उनको सचिवालयले जनाएको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

उक्त संवादका क्रममा अर्थमन्त्री पुनले उनीहरूलाई औपचारिक रूपमा यसअघि नै निमन्त्रणा पठाइसकिएको स्मरण गराउँदै लगानी सम्मेलन निर्देशक समिति अध्यक्षका हैसियतले आफ्नो तर्फबाट पनि निम्तो दिएको बताएका थिए ।

जवाफमा उपाध्यक्ष रेजरले निमन्त्रणाका लागि धन्यवाद दिँदै नेपाल र विश्व बैंकबीचको विकास साझेदारीमा थप सहकार्यका क्षेत्रबारे कुराकानी गर्न इच्छुक रहेको बताएको अर्थमन्त्री पुनको सचिवालयले जनाएको छ ।

लगानी सम्मेलनका निम्ति आवश्यक कानुनी र प्रक्रियागत सुधारका काम अघि बढाइएको जानकारी अर्थमन्त्री पुनले गराएका थिए । सम्मेलनलाई नेपालले अवसरका रूपमा लिएको बताउँदै उनले विश्व बैंकसहित अरू विकास साझेदारसँगको सहकार्य आउँदा दिनमा अझ सुदृढ हुने विश्वास व्यक्त गरे । रासस

प्रकाशित मिति: शनिबार, चैत १०, २०८०  १५:२५
प्रतिक्रिया दिनुहोस्