site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
स्मार्टफोनको आयात बढ्यो, आठ महिनामा १९ अर्बका साढे १२ लाख भित्रिए

काठमाडौं । चालु आर्थिक वर्ष २०८०/०८१ को आठ महिनामा १९ अर्ब रुपैयाँभन्दा बढीका स्मार्टफोन भित्रिएका छन् ।

भन्सार विभागको तथ्यांकअनुसार फागुन महिनासम्म १९ अर्ब ३७ करोड ७७ लाख ६८ हजार रुपैयाँका स्मार्टफोन नेपाल भित्रिएका हुन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

यो अवधिमा १२ लाख ४९ हजार ४८२ स्मार्टफोनको आयात हुँदा सरकारले तीन अर्ब ६० करोड ७५ लाख ३६ हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।

गत वर्षको यसै अवधिमा १६ अर्ब ६० करोड रुपैयाँभन्दा बढीका १० लाख ९४ हजार ८८९ वटा स्मार्टफोन आयात भएका थिए । गत वर्षको तुलनामा यस वर्ष मोबाइलको आयात बढेको छ ।

प्रकाशित मिति: मंगलबार, चैत ६, २०८०  १३:५८
प्रतिक्रिया दिनुहोस्