site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
नेविसंघमा थप ४१ सदस्य मनोनीत (सूचीसहित)
फाइल तस्बिर ।

काठमाडौं । नेपाली कांग्रेसको विद्यार्थी संगठन नेविसंघको केन्द्रीय तदर्थ कार्यसमितिमा ४१ सदस्य थपिएका छन् । पार्टी सभापति शेरबहादुर देउवाले शनिबार उनीहरूलाई मनोनीत गरेका हुन् ।

दुजाङ शेर्पाको अध्यक्षतामा गठित नेपाल विद्यार्थी संघ केन्द्रीय तदर्थ कार्यसमिति यसअघि ७११ सदस्यीय थियो । ४१ जना थपिएसँग उक्त कार्यसमिति ७५२ सदस्यीय भएको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

“नेपाली कांग्रेसका सभापति श्री शेरबहादुर देउवाले श्री दुजाङ शेर्पाको अध्यक्षतामा गठित नेपाल विद्यार्थी संघ केन्द्रीय तदर्थ कार्यसमितिको सदस्यमा देहायका थप व्यक्तिहरूलाई आज मनोनयन गर्नुभएको छ,” कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले शनिबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

थप मनोनीत सदस्य सूची हेर्नोस्– 
१. दीपकराज ओझा, कैलाली
२. अशोक सिंह विष्ट, कञ्चनपुर
३. विनोदकुमार शाही, दैलेख
४. किरण नेपाली, नुवाकोट
५. गणेशबहादुर शाही, अछाम
६. सोमराज मल्ल, डोल्पा
७. एरिका ढकाल, मोरङ
८. कविराज शाही, मुगु
९. बलराम खड्का, बारा
१०. सुदीप अधिकारी, लमजुङ
११. भावना रिजाल, पाँचथर
१२. अमृत उप्रेती, काभ्रे
१३. प्रविण कैनी, तनहुँ
१४. आशीष वर्मा, बाँके
१५. सिद्धराज जोशी, अछाम
१६. प्रज्वल महत, जुम्ला
१७. कविता वन, खोटाङ
१८. रामजी बस्नेत, रामेछाप
१९. देउमान लोङ्वा, ताप्लेजुङ
२०. अमितकुमार साह, सिरहा
२१. संस्कार कोइराला, कास्की
२२. प्रदीप शर्मा, पर्वत
२३. प्रविनराज कँडेल, लमजुङ
२४. निश्चल घिमिरे, मोरङ
२५. करुणासागर सिग्देल, सिन्धुपाल्चोक
२६. रवि योगी, सुर्खेत
२७. डम्मर साउँद, बाजुरा
२८. डण्डीराज जोशी, कैलाली
२९. निराजन बटला, अछाम
३०. असितमान श्रेष्ठ, काठमाडौं
३१. खेम राउत, उदयपुर
३२. अनिता सापकोटा, काभ्रे
३३. झिमलाल चापागाईं, स्याङ्जा
३४. आशीषचन्द्र न्यौपाने, भोजपुर
३५. आकाश उप्रेती, चितवन
३६. सुमित बोहरा, कैलाली
३७. दीप जैसी, अछाम
३८. मंगल रावत, बाजुरा
३९. दिलीप आचार्य, दाङ
४०. रामचन्द्र महरा, बैतडी
४१. लोकेन्द्र बडैला, कैलाली

प्रकाशित मिति: शनिबार, चैत ३, २०८०  १४:२४
प्रतिक्रिया दिनुहोस्