site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
नेपाल लाइफको २०८१ सालको क्यालेन्डर सार्वजनिक

काठमाडौं । जीवन बिमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्सले वि.सं. २०८१ सालको क्यालेन्डर सार्वजनिक गरेको छ । आज कम्पनीको केन्द्रीय कार्यालय कमलादीमा आयोजित एक कार्यक्रम क्यालेन्डर सार्वजनिक गरिएको हो ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रवीण रमण पराजुलीले क्यालेन्डर अनावरण गरे ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

उनले आगामी दिनमा कम्पनीलाई थप सशक्त बनाउनका लागि नवीनतम प्रविधिको अधिकतम प्रयोग गर्दै ग्राहकको सेवाको गुणस्तरीयतालाई थप प्रभावकारी बनाउन कम्पनीले समय सुहाँउदो योजना ल्याउने बताए ।

कम्पनीले देशभर फैलिएका आफ्ना सातवटा प्रादेशिक कार्यालय, एक उपप्रादेशिक कार्यालय र १८५ वटा शाखा तथा उपशाखामार्फत जीवन बिमा सेवा दिँदै आएको  छ ।

प्रकाशित मिति: शुक्रबार, चैत २, २०८०  २०:२४
प्रतिक्रिया दिनुहोस्