site stats
बाह्रखरी :: Baahrakhari
विदेश
३० हजार रोजगारी गुम्ने भन्दै प्रतिबन्ध गर्ने कानुनको विरोध गर्न टिकटकका सीईओको आाग्रह

काठमाडौं । टिकटकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) शाउ जि च्यूले टिकटक प्रतिबन्ध गर्ने गरी अमेरिकाको तल्लो सदनले पास गरेको विधेयकको विरोध गरेका छन् ।

अमेरिकी तल्लो संसद्ले बुधबार ६ महिनाभित्र टिकटकको मुख्य कम्पनी बाइटडान्सको अमेरिकास्थित सम्पत्ति बेच्न वा प्रतिबन्धको सामना गर्नुपर्ने किसिमको विधेयक पास गरेको थियो ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

टिकटकका सीईओ च्यूले प्रयोगकर्तालाई आफ्नो संवैधानिक अधिकारको रक्षाका लागि प्रतिबन्धको विरोध गर्न आग्रह गरेका छन् । यस कदमले अमेरिकामा ३० हजार रोजगारी र टिकटक गुम्ने उनले बताएका छन् ।

अमेरिकामा करिब १७ करोड टिकटक प्रयोगकर्ता छन् । त्यहाँ कयौँ ससाना उद्यमहरू टिकटकमा निर्भर छन् ।

अमेरिकी तल्लो सदनले पारित गरेको विधेयकको कतिपय सत्तारूढ डेमोक्रेट पार्टीकै सांसदले पनि विरोध गरेका थिए ।

विवानबाट ।

प्रकाशित मिति: बिहीबार, चैत १, २०८०  १८:४७
प्रतिक्रिया दिनुहोस्