site stats
बाह्रखरी :: Baahrakhari
देश
मृत्यु भइसकेका व्यक्तिको नाममा वृद्धभत्ता लिने वडाध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा 

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मृत्यु भइसकेका व्यक्तिको नाममा वृद्धभत्ता बुझेको आरोपमा एक जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले सल्यानको शारदा नगरपालिका वडा नम्बर ३ का तत्कालीन वडाध्यक्ष टोपबहादुर थापाविरुद्ध मुद्दा दायर गरेको हो ।

शारदा नगरपालिका वडा नम्बर ३ मा मृत्यु भइसकेको मानिसको नाममा वृद्धभत्ता वितरण भइरहेको उजुरी परेपछि अख्तियारले अनुसन्धान थालेको थियो ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

अनुसन्धानका क्रममा तत्कालीन वडाध्यक्ष थापाले अस्तित्वमा नभएका व्यक्तिको नामको ५१ हजार रुपैयाँ सामाजिक सुरक्षा भत्ता (वृद्धभत्ता) बुझेको पाइएको अख्तियारले बुधबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

उनले आर्थिक वर्ष २०७४/७५ र २०७५/७६ को प्रथम, दोस्रो र तेस्रो किस्ता र आर्थिक वर्ष २०७६/७७ को प्रथम किस्ताको पहिलो महिनासम्मको गरी ५१ हजार रुपैयाँ बुझेको अख्तियारले जनाएको छ ।

थापाले आमा नाता उल्लेख गरेर वृद्धभत्ता बुझेको पुष्टि भएको अख्तियारको दाबी छ ।

प्रकाशित मिति: बुधबार, फागुन ३०, २०८०  १६:३२
प्रतिक्रिया दिनुहोस्