site stats
बाह्रखरी :: Baahrakhari
देश
सम्सी गाउँपालिकाका तत्कालीन अध्यक्षसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महोत्तरीको सम्सी गाउँपालिकाका तत्कालीन अध्यक्ष शेष फारुकसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । बाटो बनाउने क्रममा उनीहरूले चार लाख तीन हजार ३८१ रुपैयाँ भ्रष्टाचार गरेको ठहर गर्दै अख्तियारले आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

अख्तियारले मुद्दा दायर गरेका अरू व्यक्तिमा तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत मोहिबुल अन्सारी, सम्सी गाउँपालिकाका तत्कालीन अध्यक्ष शेष फारुककी श्रीमती सदरुन निसा, अनुगमन समितिका सदस्य पनु राय र विपीन बिहारी यदुवीर, उपभोक्ता समितिका अध्यक्ष शेष सराहत, सचिव नाजना खातुन र कोषाध्यक्ष शेष सभिउल्लाह छन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

सम्सी गाउँपालिका–६ स्थित इसरानको घरदेखि पूर्व मोहनपुर जाने बाटोको ढलान योजना, बेचन पण्डित इसराफिल वडा सदस्यको घर हुँदै इदगाहदेखि उमरचोकसम्म ढलान समेतका योजनामा भ्रष्टाचार भएको भन्ने उजुरीपछि अख्तियारले अनुसन्धान अघि बढाएको थियो ।

आर्थिक वर्ष २०७७/७८ मा उक्त सडक निर्माणका क्रममा चार लाख तीन हजार ५८१ रुपैयाँ भ्रष्टाचार भएको पाइएको अख्तियारले जनाएको छ ।

प्रकाशित मिति: आइतबार, फागुन २७, २०८०  १६:०३
प्रतिक्रिया दिनुहोस्