site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
सरकार र निजी क्षेत्रबीच सहकार्य नभएसम्म आर्थिक क्षेत्रमा फड्को मार्न सकिँदैन : उपप्रधानमन्त्री महासेठ
फाइल तस्बिर ।

काठमाडौं । उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले सरकार र निजी क्षेत्रको बीचमा सहकार्य नभएसम्म आर्थिक क्षेत्रमा फड्को मार्न नसकिने बताएका छन् । शनिबार काठमाडौंमा आयोजित नेपाल तयारी पोसाक उद्योग संघको २९औँ वार्षिक साधारणसभामा उनले यस्तो बताएका हुन् ।

निजी क्षेत्र र सरकार दुवै पक्ष मिलेर देश बनाउनुपर्ने उनले उल्लेख गरे । “...देश बनाउने जिम्मा निजी क्षेत्रको मात्रै होइन, नेपाल सरकारको पनि हो । जबसम्म नेपाल सरकार र निजी क्षेत्रको बीचमा एउटा सहकार्य हुँदैन, आर्थिक क्षेत्रमा हामी फड्को मार्न सक्दैनौँ,” उनले भने, “निजी क्षेत्र मात्रै म अघि बढ्छु भनेर उहाँहरू सक्नु हुन्न । सरकारले निजी क्षेत्रलाई बाइपास गरेर जान्छु भन्यो भने पनि सफल हुँदैन ।”

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

उनले नेपालको आर्थिक वृद्धिदर ७.१ बाट झरेर अहिले दुई प्रतिशतभन्दा तल आएको बताए । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री रहँदा नेपालको आर्थिक वृद्धिदर ७.१ प्रतिशत रहेको उनको भनाइ थियो ।

“अहिलेको पोजिसन हेर्ने हो भने नेपालको आर्थिक वृद्धिदर ७.१ बाट झरेर दुईभन्दा मुनि छ । त्यो अब एकदुई महिनापछि सार्वजनिक गर्ने नै छौँ,” उनले भने ।

अर्थतन्त्र सबल बनाउन सबै राजनीतिक दलको भूमिका महत्त्वपूर्ण रहेको उनले बताए । उनले अबका दिनमा अर्थतन्त्र थप सुधार हुँदै जाने जिकिर गरे ।

उपप्रधानमन्त्री महासेठले नेपालले तयारी पोसाकमा धेरै ठूलो परिवर्तन गर्न सक्ने बताए । न्युज एजेन्सी नेपाल

प्रकाशित मिति: शनिबार, फागुन २६, २०८०  १७:४९
प्रतिक्रिया दिनुहोस्