site stats
बाह्रखरी :: Baahrakhari
देश
पाशुपत क्षेत्रमा चार हजार सुरक्षाकर्मी परिचालन

काठमाडौं । पाशुपत क्षेत्रमा महाशिवरात्रि मेलाका लागि चार हजार ९४ सुरक्षाकर्मी परिचालन गरिएको छ । काठमाडौं उपत्यका प्रहरी कार्यालयले महाशिवरात्रिका लागि एकीकृत विशेष सुरक्षा योजना बनाएर आजैदेखि लागु गरेको हो ।

कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीले तीन चरणमा परिचालन हुने गरी ड्रोनसहित सुरक्षाकर्मी परिचालन गर्ने निर्णय भएको जानकारी दिए । उनीहरू आज राति १० बजेदेखि फागुन २६ गतेसम्म सुरक्षार्थ खटिने छन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं उपत्यका ट्राफिक प्रहरी, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय तथा जिल्ला प्रहरी परिसर काठमाडौंले संयुक्तरूपमा उक्त सुरक्षा योजना बनाइ लागु गरेको उनले बताए ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक नवराज अधिकारीको नेतृत्वमा उक्त टोली खटिने छ । सो अवसरमा आपत्‌कालीन उद्धार टोली र एम्बुलेन्स तयारी अवस्थामा राखिएको उनले बताए । रासस

प्रकाशित मिति: बिहीबार, फागुन २४, २०८०  २३:१५
प्रतिक्रिया दिनुहोस्