site stats
बाह्रखरी :: Baahrakhari
विदेश
शाहबाज सरिफ बने पाकिस्तानको प्रधानमन्त्री

काठमाडौं । पाकिस्तान मुस्लिम लिग–नवाज (पीएमएल–एन) नेतृत्वको गठबन्धनका संयुक्त उमेदवार शाहबाज शरिफ प्रधानमन्त्रीमा निर्वाचित भएका छन् । 

राष्ट्रियसभा वा संसद्को तल्लो सदनबाट आइतबार भएको मतदानमा पाकिस्तानको २४औँ प्रधानमन्त्रीका रूपमा निर्वाचित भएका हुन् ।  

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

राष्ट्रियसभाका सभामुख सरदार अयाज सादिकले आइतबारको मतदानमा तल्लो सदनको कुल २९३ मतमध्ये २०१ मत प्राप्त गरी पीएमएल–एनका अध्यक्ष शरिफले चुनाव जितेको घोषणा गरे । शरिफका एकमात्र प्रतिद्वन्द्वी सुन्नी इत्तेहाद काउन्सिल (एसआईसी) र पूर्वप्रधानमन्त्री इमरान खानको पाकिस्तान तहरिक–ए–इन्साफका संयुक्त उमेदवार उमर अयुब खानले ९२ मत प्राप्त गरेका थिए । 

३३६ सदस्यीय राष्ट्रियसभाको निर्वाचनका लागि कुल १६९ मत आवश्यक थियो । शरिफले पीएमएल–एन, पाकिस्तान पिपुल्स पार्टी संसदीय दल, मुत्ताहिदा कौमी मुभमेन्ट–पाकिस्तान र अन्य सहयोगीहरूबाट भोट पाएका थिए । यसअघि २०२४ फेब्रुअरी ८ मा भएको मुलुकको आमनिर्वाचनपछि नयाँ सदन बनेपछि शुक्रबार राष्ट्रियसभाका सदस्यहरूले सदिकलाई सभामुख र सैयद गुलाम मुस्तफा शाहलाई उपसभामुखमा निर्वाचित गरेका थिए । सिन्ह्वा/न्युज एजेन्सी नेपाल
 

प्रकाशित मिति: सोमबार, फागुन २१, २०८०  १४:४१
प्रतिक्रिया दिनुहोस्