site stats
बाह्रखरी :: Baahrakhari
देश
स्यानिटरी प्याड खरिदमा अनियमितता, तत्कालीन मेयरसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनुषाको सहिदनगर नगरपालिकाका तत्कालीन मेयर उदयकुमार यादवसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

स्यानिटरी प्याड खरिदमा अनियमितता गरेको पुष्टि भएपछि अख्तियारले उनीहरूविरुद्ध विशेष अदालत काठमाडौंमा आइतबार मुद्दा दायर गरेको हो ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

अख्तियारले मुद्दा दायर गरेका अन्यमा सहिदनगर नगरपालिकाका तत्कालीन उपप्रमुख शिलादेवी कापर, प्रमुख प्रशासकीय अधिकृत शत्रुघ्न यादव, लेखापाल लोकबहादुर नेपाली, जिन्सी शाखा प्रमुख सुदिप कुमार भट्टराई, स्वस्थ्य संयोजक कपिलदेव प्रसा अधिकारी, सबइन्जिनियर सरोजकुमार महतो, माध्यमिक विद्यालयका तत्कालिन प्रधानाध्यापक श्रीकृष्ण भिनवार र रेजा टुडे प्रत्रिकाका प्रकाशक अकवर मंसुर रहेका छन् ।

सहिदनगर नगरपालिकाले आर्थिक वर्ष २०७७/७८ मा स्यानिटरी प्याड खरिद गर्दा सार्वजनिक खरिद ऐन नियमावलीको पालना नगरी खरीद गरेको तथा गुणस्तरयुक्त नभएको स्यानिटरी प्याड खरिद गरेको भन्ने उजुरी परेपछि अख्तियारले अनुसन्धान अघि बढाएको थियो ।

अनुसन्धान हुँदा स्यानिटरी प्याड खरिद गर्दा भ्रष्टाचार भएको भेटिएपछि अख्तियारले उनीहरूविरुद्ध मुद्दा दायर गरेको हो ।

प्रकाशित मिति: आइतबार, फागुन २०, २०८०  १८:३७
प्रतिक्रिया दिनुहोस्