site stats
बाह्रखरी :: Baahrakhari
देश
बासी खाना खुवाउने आफ्नै कार्यालयको क्यान्टिनलाई महानगरले तिरायो जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले आफ्नै कार्यालयमा सञ्चालनमा रहेको क्यान्टिन नारायणी चमेना गृहलाई ५० हजार रुपैयाँ जरिवाना तिराएको छ ।

क्यान्टिनको खानाका विषयमा गुनासा आएपछि अनुगमन गर्दा पकौडा बासी पाइएको तथा बासी खाना खुवाउने गरेको पाइएकोले जरिवाना गरिएको निरीक्षण अधिकृत एवं कृषि तथा पशुपन्छी विभागका प्रमुख डा. अवधेश झाले जानकारी दिए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

महानगरका अनुसार मूल्यअनुसारको मात्रा उपलब्ध नगराएको, स्वच्छ खाना नभएको गुनासो पहिले पनि आएको थियो ।

"हामीले यस्तो नगर्न सचेत गराएका पनि थियौँ । यसलाई अटेर गरेपछि कारबाही गरेका हौँ । झाले भने, "हामीले नमुना परीक्षणका खानेकुरा मागेका थियौँ । सञ्चालकले खानेकुरा दिन मानेका थिएनन् ।"

Canteen-000-1709467565.jpg
 

 

प्रकाशित मिति: आइतबार, फागुन २०, २०८०  १७:४८
प्रतिक्रिया दिनुहोस्