site stats
बाह्रखरी :: Baahrakhari
विदेश
गाजामा इजरायली कारबाहीमा नौ हजार महिलाको मृत्यु : राष्ट्रसंघ

न्युयोर्क । सन् २०२३ अक्टोबर ७ मा इजरायलविरुद्ध प्यालेस्टाइनी इस्लामिक लडाकु समूह हमासले गरेको आक्रमणको बदलामा गाजामा इजरायली सेनाद्वारा चलाएको हवाई तथा जमिन कारबाहीमा करिब नौ हजार महिलाको मृत्यु भएको संयुक्त राष्ट्रसंघीय महिला कार्यक्रम (यूएन वुमन)ले शनिबार जनाएको छ ।

धेरै महिला भग्नावशेषमुनि परेको रिपोर्ट गरिएकाले यो आँकडा सम्भवतः कम भएको उक्त निकायले जनाएको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

गाजामा युद्धका कारण दैनिक औसत ६३ महिलाको मृत्यु हुने गरेको छ । युद्धले गर्दा प्यालेस्टाइनी महिलाले परिवारका अरू सदस्य गुमाउनुपरेको र बाँचेका बालबच्चा समेतलाई असुरक्षाको अवस्था सिर्जना भएको यूएन वुमनले जनाएको छ ।

हरेक पाँचमध्ये चारभन्दा बढी वा ८४ प्रतिशत महिलाले उनीहरूको परिवारले द्वन्द्व सुरु हुनुअघि प्रयोग गरेको आधा वा कम खाना खाने गरेको रिपोर्ट राष्ट्रसंघीय निकायले गरेकोे छ ।

उनीहरूका परिवारका सदस्यले गएको हप्तादेखि खाना छोड्नुपरेको छ । तीमध्ये ९५ प्रतिशत आमा खानाबिना नै बस्ने र आफ्ना बच्चालाई खुवाउन उनीहरूले खानामा सम्झौता गर्ने गरेको यूएन वुमनले जनाएको छ ।

गाजाको २.३  मिलियन जनसंख्याले केही हप्ताभित्र खाद्य असुरक्षाको गम्भीरस्तरको सामना गर्नुपर्नेछ । रासस/सिन्ह्वा

प्रकाशित मिति: शनिबार, फागुन १९, २०८०  १५:१७
प्रतिक्रिया दिनुहोस्