site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
यी हुन् मन्त्रिपरिषद्‌का १७ निर्णय

काठमाडौं । आगामी फागुन १६ र १७ गते नेपाल र भारतबीच पराराष्ट्र सचिवस्तरीय छलफल हुने भएको छ ।

मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सरकारकी प्रवक्ता रेखा शर्माले भारतीय विदेश सचिवसँग हुने द्विपक्षीय छलफल तथा भारतको पुनेमा आयोजना हुने आर्थिक संवादसम्बन्धी कार्यक्रमको उद्घाटन सत्रमा सहभागी हुन परराष्ट्र मन्त्रालयकी सचिव नेतृत्वको प्रतिनिधिमण्डललाई स्वीकृति प्रदान गर्ने निर्णय भएको जानकारी दिइन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

यस्तै, सरकारले आगामी चैत १ देखि ९ गतेसम्म अमेरिकामा हुने विश्व बैंक र नेपालबीचका नयाँ खाका, नेपालमा हुन लागेको आईडीएसम्बन्धी दोस्रो बैठकको तयारी तथा माथिल्लो अरूण जलविद्युत्‌सम्बन्धी बैठकमा अर्थमन्त्री र अर्थसचिवसहितको प्रतिनिधिमण्डललाई सहभागी हुन स्वीकृति दिने निर्णय गरेको छ । 

बैठकले दुबईमा फागुन १९ गते हुने रोजगार मेलामा सहभागी हुन श्रममन्त्री नेतृत्वको प्रतिनिधिमण्डललाई स्वीकृति दिने निर्णय गरेको छ ।

यी हुन् निर्णय

cabinet-Press-release_page-0001-1709034288.jpg

cabinet-Press-release_page-0002-1709034288.jpg

 

प्रकाशित मिति: मंगलबार, फागुन १५, २०८०  १७:१२
प्रतिक्रिया दिनुहोस्