site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
यस्ता छन् कोसी प्रदेश मन्त्रिपरिषद्का निर्णयहरू
फाइल तस्बिर ।

काठमाडौं । कोसी प्रदेश सरकार मन्त्रिपरिषद्ले वराहपोखरी गाउँपालिकाको नाम परिर्वतन गर्ने संघ सरकारलाई सिफारिस गर्ने निर्णय गरेको छ । 

सोमबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुनमन्त्री समशेर राईले जानकारी दिए  ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

उनले वराह पोखरी नामलाई संशोधनको बाराहापोखरी गाउँपालिका राख्नका लागि आवश्यक प्रक्रिया पूरा गरेर गाउँपालिकाबाट आएको हुनाले सोहीअनुसार संघ सरकारलाई संशोधन प्रस्ताव संघ सरकारलाई सिफारिस गर्ने निर्णय गरेको पनि बताए । कोसी प्रदेश मन्त्रिपरिषद्को बैठकले मोरङको कानेपोखरी गाउँपालिकाको प्रशासकीय भवन वटा नम्बर ६ बाट वडा नम्बर ५ स्थित भौंसाबारीमा सार्न संघ सरकारलाई सिफारिस गर्ने निर्णय गरेको छ ।

बैठकले प्रदेश किताबखाना निर्देशिका २०८० स्वीकृत गरेको छ भने मन्त्रिपरिषद्को बैठकले आर्थिक वर्ष २०८०/०८१ को लागि समपुरक र विशेष अनुदानसम्बन्धी पनि केही निर्णय गरेको मन्त्री राईले जानकारी दिए । 
 

प्रकाशित मिति: सोमबार, माघ २९, २०८०  १९:१९
प्रतिक्रिया दिनुहोस्