site stats
बाह्रखरी :: Baahrakhari
देश
दुई राउन्ड गोली र लागुऔषधसहित ललितपुरबाट चारजना समातिए
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । ललितपुर प्रहरीले दुई राउन्ड गोली र लागुऔषधसहित चारजनालाई पक्राउ गरेको छ । बुधबार (हिजो) दिउँसो महालक्ष्मी नगरपालिका–६, चागाँथलीबाट उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा चाँगाथलीमा बस्दै आएका दोलखाको मेलुङ गाउँपालिका–१ का ३२ वर्षीय सुरेश उप्रेतीसहित चारजना छन् । नौ एमएमको गोली दुई राउन्ड र अवैध लागुऔषधसहित उनीहरूलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

उक्त स्थानमा लागुऔषधको कारोबार भइरहेको भन्ने सूचनाका आधारमा प्रहरी टोली खटिएको थियो ।

प्रहरीले उनीहरूका साथबाट उक्त गोली, अवैध लागुऔषध ब्राउनसुगर करिब १४ ग्राम ६८ मिलिग्राम, नियन्त्रित लागुऔषध नाइट्रोजन नौ ट्याब्लेट, स्पाम्स १४ ट्याब्लेट, डिजिटल तराजु एक, फलामको नक एक, मोबाइल आठ, एटीएम कार्ड चार, चेक बुक, आईएमई कार्ड एकथान र नगद पाँच हजार ३७५ रुपैयाँ बरामद गरेको छ ।

प्रकाशित मिति: बिहीबार, माघ २५, २०८०  १३:३०
प्रतिक्रिया दिनुहोस्