site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
तीनवटै अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन निजी क्षेत्रलाई दिने तयारी, समिति गठन

काठमाडौं । सरकारले काठमाडौं, पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थललाई सार्वजनिक निजी साझेदारी (पीपीपी) मोडेलमा सञ्चालन गर्न दिने तयारी गरेको छ ।

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको सर्तसहित पीपीपी मोडेलमा सञ्चालन गर्नेबारे अध्ययनका निम्ति समिति गठन गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गरेको समिति गठनको प्रस्ताव बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकबाट स्वीकृत गरिएको हो ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

पीपीपी मोडेलमा विमानस्थल सञ्चालनबारे अध्ययन गर्न पूर्वसचिव शंकरप्रसाद अधिकारीको संयोजकत्वमा लगानीविज्ञ घनश्याम ओझा, पर्यटन मन्त्रालयको हवाई महाशाखाका प्रमुख बुद्धिसागर लामिछाने, लगानी बोर्डका सहसचिव, सदस्यसचिव र नेपाल नागरिक उड्डयन प्राधिकरणका उपनिर्देशक दीपेन्द्र श्रेष्ठ सदस्य रहने गरी पाँच सदस्य समिति गठन गरिएको छ । निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्ने कम्पनीलाई नै यी तीन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको जिम्मेवारी दिन लागिएको हो ।

गएको पुस २० गते बसेको नागरिक उड्डयन प्राधिकरणको बोर्ड बैठकबाट यी तीन विमानस्थलको सञ्चालनमा निजी क्षेत्रलाई भित्र्याउने अवधारणा बनाएर मन्त्रालयमा प्रस्ताव पेस गरिएको थियो ।

प्रकाशित मिति: बिहीबार, माघ १८, २०८०  १३:२६
प्रतिक्रिया दिनुहोस्