site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
ग्यालेक्सी एस२४ किन्नेलाई ६ महिनासम्म एनसेलको नि:शुल्क भ्वाइस, डेटा र एसएमएस

काठमाडौं । एनसेल र सामसङ नेपालबीच सामसङ ग्यालेक्सी एस२४ सिरिजका स्मार्टफोन खरिदमा विशेष अफरका लागि साझेदारी भएको छ ।

साझेदारी अन्तर्गत एस२४ सिरिज किन्न अग्रिम बुकिङ गर्ने सुरुका पाँचसय जना ग्राहकले आफ्नो इच्छाअनुसार एनसेलको ‘स्पेसल लक्स नम्बर’ लिन पाउने भएका छन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

सामसङ गत साताको शुक्रबारदेखि नै नेपालमा ग्यालेक्सी एस२४ सिरिजका स्मार्टफोनको अग्रिम बुकिङ खुला गरेको छ।

अग्रिम बुकिङ गर्ने ग्राहकले प्रिमियम नम्बरका साथै हरेक दिन ६ महिनासम्म ७० मिनेट अल नेट भ्वाइस, ७०० एमबी डेटा र ७० एसएमएस निःशुल्क पाउने भएका हुन् ।

एनसेलका चिफ कमर्सियल अफिसर उमेर मोहसिनले अग्रिम बुकिङमा एनसेलका प्रिमियम नम्बर प्रदान गर्ने भन्दै ग्यालेक्सी एस२४ सिरिज विशेष भएको बताए ।

ग्यालेक्सी एस२४ सिरिजका फोन प्रिबुक गर्न यो वेबसाइटमा जान सकिन्छ ।  यसबाहेक आफ्नो नजिकैको सामसङ फोन स्टोरमा गएर पनि फोन प्रिअर्डर गर्न सकिने कम्पनीले जनाएको छ ।

अग्रिम बुकिङ माघ २३ सम्म वा स्टक रहँदासम्म खुला रहने कम्पनीले जनाएको छ ।

 

प्रकाशित मिति: बुधबार, माघ १०, २०८०  १६:३१
प्रतिक्रिया दिनुहोस्