site stats
बाह्रखरी :: Baahrakhari
खेल
जिल्लाको आदेशविरुद्ध उच्च अदालत जाने सन्दीपको तयारी
फाइल तस्बिर ।

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेले काठमाडौं जिल्ला अदालतको निर्णयविरुद्ध उच्च अदालत जाने तयारी गरेका छन् । लामिछानेको पक्षमा वकालत गर्दै आएका अधिवक्ता सरोजकृष्ण घिमिरेले कुनै पनि आधार, कारण र प्रमाणहरूले सन्दीप दोषी नदेखिएकाले न्यायका लागि उच्च अदालत जान लागिएको बताए ।

बुधबार काठमाडौं जिल्ला अदालतमा लामिछानेलाई न्यूनतम सजाय तोक्नुपर्ने पक्षमा बहस गरेपछि उनले लामिछाने आफैँले पनि आफू निर्दोष रहेको दलिल पेस गरिरहेकाले न्यायको माग गर्दै उच्च अदालत जाने अधिकार आफूहरूलाई सुरक्षित रहेको बताए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

जिल्ला अदालतको फैसलालाई आफूहरूले मान्नुपर्ने बाध्यता भएकाले कम सजायको माग गर्दै सजाय निर्धारण सम्बन्धी बहसमा आफूहरूले भाग लिएको उनको भनाइ छ ।

लामिछानेको व्यक्तित्व, उनले खेल जगतमा पारेको एउटा प्रभाव र उनका असल चरित्रलाई हेरेर र उनको सामाजिक दायित्वलाई हेरेर न्यूनतम सजाय हुनुपर्ने माग आफूहरूको रहेको उनले बताए ।

प्रकाशित मिति: बुधबार, पुस २५, २०८०  १६:२६
प्रतिक्रिया दिनुहोस्