site stats
बाह्रखरी :: Baahrakhari
देश
सर्बिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ

काठमाडौं । सर्बिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरूमा उदयपुरको कटारी नगरपालिका–१ का ४२ वर्षीय विकासकुमार घले र काठमाडौं महानगरपालिका–९, सिनामंगल शम्भूमार्ग बस्ने ३९ वर्षीय संजय लामा छन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

उनीहरू वैदेशिक रोजगारीका लागि सर्बिया पठाई प्रतिष्ठित होटेलमा काम लगाई दिने भन्दै एकजना पीडितबाट १३ लाख ५० हजार रूपैयाँ ठगी गरेको अभियोगमा पक्राउ परेका हुन् ।

उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । 
 

प्रकाशित मिति: मंगलबार, पुस २४, २०८०  १७:४२
प्रतिक्रिया दिनुहोस्