site stats
बाह्रखरी :: Baahrakhari
देश
एनसेल खरिदबिक्री प्रकरण : तामेलीको सूचना प्रकाशित गर्न आदेश

काठमाडौं । उच्च अदालत पाटनले एनसेल खरिदबिक्री प्रकरणमा किनबेचमा संलग्न कम्पनीहरूलाई ईमेल पठाएको प्रमाणसहित तामेलीको सूचना पत्रिकामा प्रकाशन गर्न आदेश दिएको छ ।

उच्च अदालतका न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र नारायणप्रसाद रेग्मीको संयुक्त इजलासले मलेसियन कम्पनी एक्जियाटा र स्पेक्ट्रोलाइट यूकेका नाममा ईमेल गरेको प्रमाणसहित ‘द राइजिङ नेपाल’मा म्याद तामेलीको सूचना प्रकाशित गर्न आदेश दिएको हो ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

बाजुराका गोकुलप्रसाद रोकायाको रिटमा संयुक्त इजलासले अन्तरिम आदेश प्रयोजनका लागि यही पुस २५ गतेको पेसी तोक्दै त्यतिन्जेलसम्म यसअघि दिइएको अल्पकालीन अन्तरिम आदेश पनि निरन्तर हुने भनेको छ ।

Ncell-1704284636.png
 

 

प्रकाशित मिति: बुधबार, पुस १८, २०८०  १८:२१
प्रतिक्रिया दिनुहोस्