site stats
बाह्रखरी :: Baahrakhari
देश
अब धनगढीमा पनि सुर्तीजन्य पदार्थ बेच्न नपाइने !

काठमाडौं । अबदेखि धनगढीमा पनि सुर्तीजन्य पदार्थ बिक्री वितरण गर्न नपाइने भएको छ ।

धनगढी उपमहानगरपालिकाले आज एक सूचनामार्फत आगामी माघ १ गतेदेखि लागु हुने गरी सुर्तीजन्य पदार्थ बिक्री वितरण गर्न रोक लगाइएको जनाएको हो ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

"चुरोट, बिँडी, सिगार, तमाखु, सुल्फा, कक्कड, कच्चा सुर्ती, खैनी, गुट्खा, सुर्ती वा यस्तै प्रकारका अन्य सुर्तीजन्य पदार्थ विक्री वितरण नगर्न नगराउन हुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ," सूचनामा भनिएको छ ।

बिक्री वितरण गरेको पाइएमा कानुनबमोजिम कारबाही गरिने उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत रामलाल श्रेष्ठले बताएका छन् ।

यसअघि काठमाडौं महानगरले महानगरभित्र सुर्तीजन्य पदार्थ बिक्रीमा रोक लगाउने निर्णय गरेको थियो ।
 

प्रकाशित मिति: मंगलबार, पुस १७, २०८०  २१:४८
प्रतिक्रिया दिनुहोस्