site stats
बाह्रखरी :: Baahrakhari
देश
कर्तव्य ज्यान मुद्दाका फरार व्यक्ति पक्राउ
प्रतीकारात्मक तस्बिर ।

काठमाडौं । कर्तव्य ज्यान मुद्दाका फरार व्यक्ति पक्राउ परेका छन् । अर्घाखाँचीको साविक सिमलपानी गाविस–५ घर भएका ३७ वर्षीय अंकित भन्ने जगत विकलाई घटनाको सात वर्षपछि प्रहरीले पक्राउ गरेको हो ।

विक समेतले २०७४ पुस ३० गते दिउँसो मकवानपुरको हाँडीखोला घर भएकी ५० वर्षीया अप्सरा भन्ने नारायणी तिमिल्सिनाको हत्या गरेका थिए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं महानगरपालिका–१४ भुवनेश्वरी मन्दिर परिसरभित्र हत्या गरी फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको हो ।

साथै सोही घटनामा संलग्न रहेका धादिङ साविक मूलपानी गाविस–७ घर भएका ४६ वर्षीय शिवराम अधिकारी नकबजनी चोरी मुद्दामा नाम परिवर्तन गरी अर्जुन अधिकारीको नाममा जेल सजाय भोगी रहेको खुल्न आएको छ ।

जगतलाई आवश्यक कारबाहीको लागि प्रहरी वृत्त कालीमाटी पठाइएको जनाइएको छ ।

प्रकाशित मिति: बिहीबार, पुस ५, २०८०  २३:२३
प्रतिक्रिया दिनुहोस्