site stats
बाह्रखरी :: Baahrakhari
खेल
मकवानपुरमा रेफ्रीमाथि हातपात, क्लबलाई तीन वर्ष प्रतिबन्ध 

काठमाडौं । मकवानपुर जिल्ला लिग छनोटका क्रममा रेफ्रीमाथि हातपात भएको छ । मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा भइरहेको प्रतियोगितामा सोमबार सम्पन्न दी रिभाइबल क्लब र पञ्चशिल युवा क्लबबीचको खेलका दौरान रेफ्रीमाथि हातपात भएको हो । 

मकवानपुर जिल्ला फुटबल संघका अनुसार खेल सम्पन्न भइसकेपछि रिभाइबल क्लबका खेलाडी र अफिसियलहरूले रेफ्रीमाथि हातपात र अभद्र व्यवहार गरेका हुन् । रेफ्रीमाथि हातपात भएपछि जिल्ला फुटबल संघ मकवानपुरले घटनामा संलग्न दी रिभाइबल क्लबलाई तीन वर्षको प्रतिबन्ध लगाउने निर्णय गरेको छ । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

संघले क्लबलाई तीन वर्ष, क्लबका कप्तान अनिल लोलाई दुई वर्ष, खेलाडी सुनिल खड्कीलाई तीन वर्ष र क्लबका व्यवस्थापक कृष्णबहादुर ठकुरीलाई तीन वर्ष प्रतिबन्ध लगाउने निर्णय गरेको छ । 

यस्तै, क्लबको समर्थक भइ मैदान आएका ओम गुरुङ (कृष्ण)लाई एक वर्षका लागि प्रतिबन्ध गरेको छ । प्रतिबन्धमा परेका सबैले एन्फाद्वारा आयोजना हुने र एन्फा रेफ्री आबद्ध हुने कुनै पनि प्रतियोगितामा सहभागी हुन पाउने छैनन् ।

“पछिल्लो समय नेपालभर नै रेफ्रीमाथि हातपातको क्रम बढ्दो छ । टिमको पक्षमा नभए रेफ्रीमाथि हातपात गर्नु सामान्य बनेको छ । यस्तो घटनाले रेफ्री हतोत्साहित नहुन् भनेर हामीले घटनामा संलग्नलाई प्रतिबन्ध लगाउने निर्णय गरेका हौँ,” मकवानपुर जिल्ला फुटबल संघका अध्यक्ष टिकाराम लामाले बाह्रखरीसँग भने, “मलाई स्थानीय तहबाट कारबाही नगर्न चर्को दबाब आएको थियो । रेफ्रीमाथि खराब व्यवहार गर्नेलाई कारबाही गर्नुपर्छ भन्ने नजिर बसोस् भनेर हामीले यो निर्णय गर्यौं ।” खेल पञ्चशिल युवा क्लबले ३–२ ले जितेको थियो ।

Makawanpur-1702376960.png

Makawanpur1-1702376960.png

 

प्रकाशित मिति: मंगलबार, मंसिर २६, २०८०  १६:१६
प्रतिक्रिया दिनुहोस्