site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
एनसेलको सेयर खरिद–बिक्री प्रकरणको अनुसन्धान गर्न जसपाको माग

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)ले एनसेलको सेयर खरिद–बिक्री प्रकरणको अनुसन्धान गरी दोषीलाई कारबाही गर्न माग गरेको छ ।

पार्टी कार्यालय बालकुमारीमा सोमबार बसेको जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठकले एनसेलको सेयर खरिद–बिक्री प्रकरण मुलुकको हित विपरीत भएको भन्दै अनुसन्धान गरी दोषीलाई कारबाही गर्न माग गरेको जसपा प्रवक्ता मनिष सुमनले जानकारी दिए ।
 
बैठकले पार्टी विधान विपरीत काम नगर्न निर्देशन दिएको छ भने पुसको २५ र २६ गते राजनीतिक समिति तथा २७ गते केन्द्रीय समितिको बैठक बोलाउने निर्णय गरेको प्रवक्ता सुमनले बताए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

त्यस्तै, बैठकले सदनमा दर्ता भएको चुरे उत्खननसम्बन्धी विधेयक फिर्ता लिन माग गर्ने निर्णय गरेको उनले बताए । बैठकमा तीनमहिने संगठन विस्तार तथा सुदृढीकरण अभियानको समीक्षा भएको नेताहरूले जनाएको छ ।

 

प्रकाशित मिति: सोमबार, मंसिर २५, २०८०  १८:१७
प्रतिक्रिया दिनुहोस्