site stats
बाह्रखरी :: Baahrakhari
देश
प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा १९ करोड २४ लाखभन्दा बढी रकम जम्मा 

काठमाडौं । जाजरकोट भूकम्पपछि प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा १९ करोड २४ लाख ८९ हजार १०६ रुपैयाँ जम्मा भएको छ । 

गत कात्तिक १७ गते जाजरकोट केन्द्रविन्दु भएर गएको ६.४ म्याग्निच्युडको भूकम्पपछि प्रभावित भएकाहरूको सहयोगका लागि उक्त रकम कोषमा जम्मा भएको हो । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

कात्तिक १८ गतेदेखि मंसिर १५ गतेसम्मको अवधिमा उक्त रकम ८१ जनाभन्दा बढी व्यक्ति तथा संघसंस्थाले कोषमा जम्मा गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । 

जाजरकोट भूकम्पका कारण १५४ जनाको मृत्यु भएको थियो भने १३ जिल्लाका ६२ हजारभन्दा बढी घरमा क्षति गरेको थियो । 

भूकम्पले ठूलो जनधनको क्षति गरेपछि सरकारले पीडितहरूको सहयोगका लागि कोषमा रकम जम्मा गर्न अनुरोध गरेको थियो । त्यसपछि विभिन्न व्यक्ति तथा संघसंस्थाहरूले प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा रकम जम्मा गर्दै आएका छन् ।  
 

प्रकाशित मिति: आइतबार, मंसिर १७, २०८०  १२:४२
प्रतिक्रिया दिनुहोस्