site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
हिमाल बचाउन अन्तर्राष्ट्रिय समुदायसँग प्रधानमन्त्री प्रचण्डको अपिल
तस्बिर : प्रदीपराज वन्त/रासस ।

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हिमाल बचाउनका निम्ति अन्तर्राष्ट्रिय समुदायलाई आह्वान गरेका छन् ।

प्रधानमन्त्री प्रचण्डले मानवजातिलाई बचाउन हिमाल जोगाउनुपर्नेमा जोड दिए । हिमाल बचाऔँ अभियानमा अन्तर्राष्ट्रिय समुदाय नै एक भएर लाग्नुपर्ने उनले उल्लेख गरे ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

शनिबार दुबईमा आयोजित जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलन (कोप–२८) मा उच्चस्तरीय ‘राउन्डटेबल’ बैठकको अध्यक्षता गर्दै उनले हिमाल बचाउन अन्तर्राष्ट्रिय समुदायलाई अपिल गरेका हुन् । उनले हिमाली मुलुक र त्यहाँका बस्तीको पीडा बुझ्न पनि अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराए ।

उनले भने, “हाम्रा हिमालहरू बचाउनुहोस्, आफूलाई बचाउनुहोस् । हामीलाई बचाउन हाम्रा हिमालहरू बचाऔँ । हिमाली क्षेत्रका बासिन्दाको पीडा बुझ्न, सम्भावित समाधान खोज्न र समस्या बाहिर ल्याउन हिमाल र जलवायु परिवर्तनसम्बन्धी संवादको थालनी गर्न पनि हिमाली मुलुक नेपालको तर्फबाट दृढतापूर्वक सुझाव दिन चाहन्छु ।”

उनले विश्वका नेताहरूले हिमाल र हिमाली जनताको दिगो भविष्यको रक्षा गर्न एकसाथ हिँड्नुपर्ने आवश्यकता औँल्याए । जलवायु परिवर्तनका कारण परेको असर न्यूनीकरणका निम्ति विगतमा गरिएका निर्णय तथा प्रतिबद्धता कार्यान्वयन गरेर अघि बढ्नुपर्ने पनि उनले स्पष्ट पारे । न्युज एजेन्सी नेपाल

प्रकाशित मिति: शनिबार, मंसिर १६, २०८०  १५:१८
प्रतिक्रिया दिनुहोस्