site stats
बाह्रखरी :: Baahrakhari
देश
रामधुनी नगरपालिकाका तत्कालीन उपप्रमुखसहित नौजनाविरुद्ध भ्रष्टाचार मुद्दा 

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुनसरीको रामधुनी नगरपालिकाका तत्कालीन उपप्रमुख सविना कुमारी चौधरीसहित नौजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । उनीहरूले गैरकानुनी लाभ र हानि पु¥याई भ्रष्टाचार गरेको ठहर गर्दै अख्तियारले सोमबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

अख्तियारले मुद्दा दायर गरेका अरू व्यक्तिमा रामुधनी नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत ओमकारप्रसाद न्यौपाने, लेखा अधिकृत द्वारिकाप्रसाद दाहाल, इन्जिनियर देवेन्द्रनारायण चौधरी र सबइन्जिनियर हर्षलाल चौधरी छन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

यस्तै, रामुधनी–३ का तत्कालीन वडाध्यक्ष राजकुमार चौधरी, रामुधनी–३ कै तत्कालीन वडा सदस्य (नगर कार्यपालिका सदस्य) टीकालक्ष्मी श्रेष्ठ, योजना शाखाका सहायक पाँचौँ तहका सुनीलकुमार चौधरी र जालपा सिद्ध निर्माण सेवा, सुनसरीका प्रोपाइटर नानुकुमारी निरौला (बस्नेत)विरुद्ध पनि मुद्दा दायर गरिएको छ ।

रामुधनी–३ स्थित रामधुनी गेटबाट रामधुनी मन्दिर जाने मूल सडक कालोपत्र गर्ने कार्यमा वास्तविक भएको कार्यभन्दा बढी नापी किताबमा चढाई धेरै रकम भुक्तानी गरेको भन्ने उजुरी परेपछि अख्तियारले अनुसन्धान थालेको थियो ।

उनीहरूले दुई लाख १२ हजार ७३ रुपैयाँभन्दा बढी रकम भुक्तानी दिई भ्रष्टाचार गरेको ठहर अख्तियारले गरेको छ । उनीहरूसँग त्यति नै रकम बिगो दाबी गरिएको छ ।

प्रकाशित मिति: सोमबार, मंसिर ११, २०८०  १४:०४
प्रतिक्रिया दिनुहोस्