site stats
बाह्रखरी :: Baahrakhari
विदेश
गाजाको विद्यालयमा इजरायली आक्रमण, १२ प्यालेस्टाइनीको मृत्यु

गाजा । मध्य गाजाको अल–बुरेइज शिविरमा रहेको प्यालेस्टाइन शरणार्थीहरूका लागि यूएन रिलिफ एण्ड वर्क्स एजेन्सीको एक विद्यालयमा इजरायली आक्रमणमा कम्तीमा १२ प्यालेस्टाइनीको मृत्यु भएको छ । सो आक्रमणमा दर्जनौं घाइते भएको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले सोमबार जानकारी गराएको छ ।

इजरायली तोपखानाले हजारौँ विस्थापित मानिसहरू बस्ने विद्यालयमा आक्रमण गरेर महिला र बालबालिकासहित १२ प्यालेस्टिनीहरूलाई मारेको मन्त्रालयले जनाएको छ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

विद्यालयमा संयुक्त राष्ट्रसंघको फहराइएको भए पनि इजरायली सेनाले गाजाका विभिन्न यस्ता विद्यालयमा  आक्रमण गरेको सञ्चार माध्यमले जनाएका छन् ।

हालको हमास–इजरायल द्वन्द्व सुरु भएदेखि ७० भन्दा बढी यस किसिमका संस्थाहरू र विद्यालयहरू इजरायली आक्रमणमा परेका छन् ।

एजेन्सीका १०४ कर्मचारीको मृत्यु भएको छ यो सङ्ख्या इतिहासमै सबैभन्दा ठूलो संख्या हो । द्वन्द्वले विस्थापित १७ लाख व्यक्तिहरू मध्ये राष्ट्रसंघद्वारा सञ्चालित आश्रयहरूमा विस्थापित व्यक्तिहरूको संख्या ९ लाख पुगेको छ भने, लाखौं सडकमा आश्रयविहीन छन् । रासस/सिन्ह्वा

 

प्रकाशित मिति: सोमबार, मंसिर ४, २०८०  २१:३७
प्रतिक्रिया दिनुहोस्