site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
सीजीले ल्यायो जाडो मौसमलक्षित योजना

काठमाडौं । नेपालको इलेक्ट्रोनिक्स तथा घरेलु उपकरण ब्राण्ड सीजी स्मार्ट डोमेस्टिक अप्लायन्सेसले जाडो मौसमलाई लक्षित गर्दै नयाँ सामग्री बजारमा ल्याएको छ । 

‘सीजी घरमा, न्यानो मनमा’ शीर्षकको स्मार्ट घरेलु उत्पादन इलेक्ट्रिक ओभन, कार्बन हिटर, हलोजन हिटर, पीटीसी फ्यान हिटर, ओएफआर हिटर, वाटर डिस्पेन्सर, इलेक्ट्रिक गिजर, ग्यास गिजर, हट पट्स, इलेक्ट्रिक केटल, भ्याकुम फ्लास्क, पानीको बोतल र इन्सुलेटेड बोतल नेपालभर उपलब्ध गराएको कम्पनीले जनाएको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

जाडोमा चिसो पानीले नुहाउने समस्याबाट मुक्त हुन सीजीले विभिन्न आकर्षक मोडलमा थप विशेषतासहित बजारमा ग्यास र इलेक्ट्रिक नयाँ गिजर ल्याएको विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

हिटरमा पनि क्याटोगोरीमा जस्तै ओएफआर हिटर, पीटीसी प्यान हिटर, हेलोजिन हिटर, क्वाज्ज हिटर, कार्बन हिटर र प्यान हिटर छन् । केही समयमै पानी तताउन सीजीले विभिन्न मोडलमा इलेक्ट्रिक केटल, हट पट र वाटर बोइलर उपलब्ध गराएको जनाएको छ ।

त्यसैगरी तातो पानीलाई लामो समयसम्म तातोपन कायम राख्न भ्याकुम फ्लास्क, थर्मसहरू आकर्षक मोडल र डिजाइनमा उपलब्ध गराएको छ ।

प्रमुख आकर्षणहरूमा मेगा एक्सचेन्ज अफर, शून्य प्रतिशत ईएमआई सुविधा, सीजी लोयल्टी क्लब रिवार्ड प्रोग्रामअन्तर्गत लोयल्टी सदस्यले ललितपुरस्थित होटेल विभान्तामा २५ प्रतिशतसम्म छुट पाउन सक्नेछन् । 

प्रकाशित मिति: शुक्रबार, कात्तिक २४, २०८०  १३:३२
प्रतिक्रिया दिनुहोस्