site stats
बाह्रखरी :: Baahrakhari
खेल
घरेलु मैदानमै रोकियो रियाल मड्रिड

काठमाडौं । घरेलु मैदानमै रायो भालेकानोसँग गोलरहित बराबरीमा रोकिँदा स्पेनिस ला लिगामा रियाल मड्रिडले शीर्ष स्थानमा उक्लने अवसर गुमाएको छ ।

सोमबार सान्टियागो बर्नाबेउमा ७० हजार दर्शकमाझ भएको खेलमा रियालले प्राप्त मौकालाई सदुपयोग गर्न नसक्दा अग्रता बनाउन सकेन । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

जारी सिजन रियालको यो दोस्रो बराबरी हो । १२ खेलबाट २९ अंक जोडेको रियाल तालिकाको दोस्रो स्थानमा छ । त्यो शीर्ष स्थानको जिरुनाको भन्दा दुई अंक कम हो । समान खेल खेल्दा जिरुनाले ३१ अंक जोडेको छ ।

शनिबार राति ओसासुनालाई ४–२ ले हराउँदै जिरोना शीर्ष स्थानमा उक्लिएको थियो । तालिकाको तेस्रो स्थानको बार्सिलोनाको १२ खेलबाट २७ अंक छ । रायो भालेकानो १८ अंकसहित नवौँ स्थानमा छ ।

प्रकाशित मिति: सोमबार, कात्तिक २०, २०८०  ०९:५३
प्रतिक्रिया दिनुहोस्