site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
पोखराको पर्यटन व्यवसाय पूर्ववत् अवस्थामा फर्कन्छ : परराष्ट्रमन्त्री

पोखरा । परराष्ट्रमन्त्री नारायणप्रसाद साउदले पोखराको पर्यटन व्यवसाय पूर्ववत् अवस्थामा फर्कने बताएका छन् ।

पोखराको तोरीपानीबाट फेवाताल किनारमा सोमबार पाराग्लाइडिङ गरेपछि उनले साहसिक पर्यटनलगायत धेरै सम्भावना बोकेको पोखराको पर्यटन व्यवसायले आउँदा दिनमा गति लिने विश्वास व्यक्त गरे ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

पाराग्लाइडिङ पोखराको महत्त्वपूर्ण पर्यटकीय गतिविधि भएको उल्लेख गर्दै मन्त्री साउदले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उडानलाई असर नपर्ने गरी पूर्ववत् सराङकोटबाटै उडान गर्न सम्बन्धित निकायमा आफ्नो तर्फबाट पहल गर्ने उनले बताए ।

सुरक्षा व्यवस्थालाई दृष्टिगत गर्दै पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको टावरसँग सम्पर्क गरी मन्त्री साउद सवार पाराग्लाइडरलाई फेवाताल किनारामा अवतरण गराइएको हवाई खेलकुद संस्थाका महासचिव खेम आचार्यले जानकारी दिए ।

मन्त्री साउद सवार पाराग्लाइडरको उडान पाइलट महेन्द्रबहादुर भट्टराईले गरेका थिए । रासस

प्रकाशित मिति: सोमबार, कात्तिक ६, २०८०  १८:५१
प्रतिक्रिया दिनुहोस्