site stats
बाह्रखरी :: Baahrakhari
देश
इजरायलमा नेपालीलाई घरबाहिर ननिस्कन दूतावासको आग्रह 

काठमाडौं । इजरायलस्थित नेपाली दूतावासले त्यहाँ रहेका नेपालीलाई स्थिति सामान्य नबन्दासम्म घरबाहिर ननिस्कन र सुरक्षित स्थानमा बस्न आग्रह गरेको छ । 

आज एक सूचना जारी गर्दै दूतावासले  पछिल्लो समय गाजा आसपाससहित इजरायलको दक्षिणी तथा उत्तरी सीमा क्षेत्रमा जोखिम थप बढेको बताएको छ । “इजरायल सरकारद्वारा ती क्षेत्रमा रहेकालाई सुरक्षित क्षेत्रतर्फ जान सुझाएकाले यदि तपाइँ रहेको क्षेत्रमा समेत असुरक्षा बढ्दै गएको स्थिति छ भने आफ्नो रोजगारदातासँग सल्लाह गरी त्यहाँबाट बढी सुरक्षित स्थानतर्फ सर्नुहोला,” दूतावासको सूचनामा उल्लेख छ ।  

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

स्वदेश फर्कन चाहनेहरूले राजदूतावासबाट सुरु गरिएको अनलाइन रजिष्ट्रेशन फर्म अनिवार्य भर्न आग्रह गरेको दूतावासले निश्चित रोजगारदाता नभएका नेपाली नागरिकले पनि अनलाइन फर्म भर्न भनेको छ । सुरक्षित आश्रयस्थल नभएकाहरूलाई खबर गर्न दूतावासले आग्रह गरेको छ । 

नेपाल सरकार, इजरायल सरकार र विभिन्न आधिकारिक निकायका सूचना एवं स्थानीय सुरक्षा प्रोटोकलको पालना गर्दै दूतावासको सम्पर्कमा रहन पनि दूतावासले भनेको छ । 
 

प्रकाशित मिति: शनिबार, असोज २७, २०८०  १३:०१
प्रतिक्रिया दिनुहोस्