site stats
बाह्रखरी :: Baahrakhari
देश
वर्षमा १५ हजार जनालाई सीपमूलक तालिम दिँदै काठमाडौं महानगर*
फाइल तस्बिर।

काठमाडौं । काठमाडौं महानगरपालिकाले वार्षिक १५ हजार जनालाई सीपमूलक तालिम दिने भएको छ ।

आइतबार मेयर बालेन्द्र शाह (बालेन)ले सामाजिक सञ्जालमार्फत प्रत्येक वर्ष १५ हजार जनालाई सीपमूलक तालिम दिने र पाँच हजार रोजगारी सिर्जना गर्ने लक्ष्य लिएको बताएका छन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

बालेनले महानगरको बेरोजगार समस्यालाई तीन वर्षभित्र समाधान गर्ने गरी रोजगारी र आयवृद्धि गर्न काठमाडौंको सम्बृद्धि गौरव योजना तथा श्रम बैंक स्वर्णिम योजना सञ्चालनमा ल्याएको बताएका छन् ।

“महानगरमा रहेका दक्ष, अर्धदक्ष तथा अदक्ष कामदारहरु र रोजगार दाताहरूलाई एउटै प्लेटफर्ममा ल्याएर श्रम बैंकको स्थापना गरी रोजगारीको अवसर बढाउने र  रोजगारदाताहरूलाई सीपयुक्त कामदार सजिलै उपलब्ध गराउने लक्ष्यसहित श्रम बैंक स्वर्णिम योजना सञ्चालनमा ल्याइएको हो,” उनले लेखेका छन्, “महानगरका स्थायी बासिन्दा, महानगरका करदाताहरु तथा महानगरभित्र भाडामा बस्ने सबै नेपाली नागरिकहरु श्रम बैंकमा आवद्ध हुन सक्नुहुनेछ ।”

 

*यसअघि समाचार र शीर्षकमा १५ हजार हुनुपर्नेमा अन्यथा भएकाले सच्याइएको छ ।

प्रकाशित मिति: आइतबार, असोज २१, २०८०  १७:५९
प्रतिक्रिया दिनुहोस्