site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
सरोकारवालाको माग सम्बोधन गरेर विद्यालय शिक्षा विधेयक अघि बढाउन लेखकको माग
फाइल तस्बिर

काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले सरोकारवालाहरूको चिन्ता र चासोलाई समेटेर विद्यालय शिक्षा विधेयकलाई अघि बढाउनुपर्ने बताएका छन् ।

शुक्रबार प्रतिनिधिसभा बैठकमा सो विधेयकमाथि सैद्धान्तिक छलफलमा भाग लिँदै उनले संविधानसम्मत ढंगले सरोकारवालाहरूको मागलाई सम्बोधन हुनेगरी सो विधेयक अघि बढाउनुपर्ने बताएका हुन् । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

प्रमुख सचेतक लेखकले सो विधेयकलाई सहमतिकै आधारमा अघि बढाउन सबै राजनीतिक दलहरूलाई आग्रह गरे । सरकारले सरोकारवालाहरूसँग सम्झौता गरेर सो विधेयक ल्याएकाले त्यसलाई सहमतिकै आधारमा अघि बढाउन उपयुक्त हुने उनको तर्क छ । 

प्रमुख सचेतक लेखकले सो विधेयक पारित गराउन पनि ढिलो गर्न नहुने बताए । 
 

प्रकाशित मिति: शुक्रबार, असोज १९, २०८०  १३:२९
प्रतिक्रिया दिनुहोस्