site stats
बाह्रखरी :: Baahrakhari
देश
सुर्खेतकाे एक होस्टेलमा ८ वर्षीय बालक मृत भेटिए, सञ्चालक पक्राउ
प्रतिकात्मक तस्बिर

काठमाडौं । सुर्खेतको वीरेन्द्रनगरस्थित एक निजी विद्यालयको होस्टेलमा ८ वर्षीय बालक मृत फेला परेका छन् । हिजो राति ८ बजे उनी होस्टेलमा झुण्डिएको अवस्थामा फेला परेका हुन् । 

दैलेखका सलाम पुलामी झुण्डिएको अवस्थामा मृत फेला परेका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद सापकोटाले बाह्रखरीलाई जानकारी दिए । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

“घटना कसरी घटेको हो भन्नेबारे प्रहरीले अनुसन्धान गरिरहेको छ,” प्रमुख जिल्ला अधिकारी सापकोटाले भने, “होस्टेलका तीनजना सञ्चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिरहेको छ ।” उनका अनुसार पोष्टमार्टमा लागि अस्पताल लैजाने तयारी भइरहेको छ । 

घटना शंकास्पद रहेको भन्दै आफन्तले होस्टेल बाहिर तोडफोड गरेका छन् । विद्यालय परिसरमा प्रहरी परिचालन गरिएको छ । 
 

प्रकाशित मिति: शनिबार, असोज १३, २०८०  १३:४७
प्रतिक्रिया दिनुहोस्