site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
प्रधानमन्त्री प्रचण्ड आज स्वदेश फर्किंदै
फाइल तस्बिर
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज स्वदेश फर्किंदै छन् । प्रधानमन्त्री प्रचण्ड र उनको भ्रमण दलका सदस्यहरू आज चीनको छेन्दुबाट  काठमाडौं फर्किने कार्यक्रम रहेको छ । 

प्रधानमन्त्री प्रचण्ड गएको शनिबारदेखि चीनको औपचारिक भ्रमणमा छन् । शुक्रबार प्रधानमन्त्री प्रचण्ड तिब्बतको ल्हासाबाट छेन्दु पुगेका थिए ।  

छेन्दुमा प्रधानमन्त्री प्रचण्डले चिनियाँ कम्युनिस्ट पार्टीको सिचुआन प्रान्तीय कमिटीका सचिव वाङ सियाओसँग भेटवार्ता गरेका थिए । 
 

प्रकाशित मिति: शनिबार, असोज १३, २०८०  ०७:१९
प्रतिक्रिया दिनुहोस्