site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
‘ॐ’ अक्षर हटाउन लागिएको भन्दै नेविसंघले निकाल्यो मसाल जुलुस

काठमाडौं । नेपाली शब्दकोशबाट ‘ॐ’ अक्षर हटाउन लागिएको भन्दै नेविसंघले काठमाडौंमा मसाल जुलुस प्रदर्शन गरेको छ ।

‘ॐ’ अक्षर हटाउन खोजिएको भन्दै मंगलबार काठमाडौंको प्रदर्शनीमार्गस्थित आरआर क्याम्पस अगाडि नेविसंघ आवद्ध विद्यार्थीहरुले मसाल जुलुस प्रदर्शन गरेका हुन् । सो क्रममा प्रहरीले हस्तक्षेप गरेर मसाल खोसेको थियो ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

प्रदर्शनमा सहभागी विद्यार्थीहरुले धर्म परिवर्तन बन्द गर, धर्म मास्न पाइँदैन, ‘ॐ’ अक्षर हटाउन पाइँदैन, डलरवादी होसियार, हिन्दु राष्ट्र कायम गरलगायतका नारा लगाएका थिए ।

 

प्रकाशित मिति: मंगलबार, असोज ९, २०८०  १९:५८
प्रतिक्रिया दिनुहोस्