site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
दसैँ, तिहारमा हुने कालोबजारी रोक्न निरन्तर बजार अनुमगन हुन्छ : मन्त्री रिजाल
फाइल तस्बिर ।

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले दसैँ र तिहारमा बजारमा हुने कृत्रिम अभाव र कालोबजारी रोक्न निरन्तर बजार अनुमगन गर्ने बताएका छन् । 

मंगलबार नेपाल एलपी ग्याँस उद्योग संघको २८औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले सरकारको तर्फबाट यस अवस्थामा ग्याँस आपूर्तिको श्रृंखलालाई टुट्न नदिने र निरन्तर बजार अनुमगन गर्ने बताए । उनले शून्य कार्बन उत्सर्जनको लक्ष्य हासिल गर्न खनिज, उर्जालाई स्वच्छ एवं नवीकरणीय उर्जाले विस्थापित गर्ने नीति लिएको पनि उल्लेख गरे । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

तत्कालै देशभित्र नवीकरणीय र हरित उर्जाको पर्याप्त मात्रामा उत्पादन भइ नसकेको वर्तमान अवस्थामा एलपी ग्याँसलगायत अन्य पेट्रोलियम इन्धनको आयातलाई तत्काल निषेध वा निरुत्साहित गर्न नसकिने बताए । 

उनले भने, “शून्य कार्बन उत्सर्जनको लक्ष्य हासिल गर्न खनिज, उर्जालाई स्वच्छ एवं नवीकरणीय उर्जाले विस्थापित गर्ने नीति लिएको छ । जसअनुसार हामीले आगामी दिनहरूमा जीवाश्म इन्धनको प्रयोगलाई विस्तारै घटाउँदै जानुपर्ने अवस्था आइसकेको छ । यद्यपि, तत्कालै देशभित्र नवीकरणीय र हरित उर्जाको पर्याप्त मात्रामा उत्पादन भइ नसकेको वर्तमान अवस्थामा एलपी ग्याँस लगायत अन्य पेट्रोलियम इन्धनको आयातलाई तत्काल निषेध वा निरुत्साहित गर्न सकिँदैन ।” 

मन्त्री रिजालले उद्योगीहरुले व्यवसायिक निष्ठा कायम राख्दै ग्याँस उद्योग मर्यादित, व्यवस्थित र सुरक्षित उद्योगको रूपमा विकास गर्न आग्रह गरे । सबै ग्याँस उद्योगले आम जनताको जीउ धनको सुरक्षालाई प्राथमिकतामा राखेर मात्रै आफ्ना उत्पादन बजारमा ल्याउन आग्रह गरे ।

प्रकाशित मिति: मंगलबार, असोज ९, २०८०  १४:०६
प्रतिक्रिया दिनुहोस्