site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
ग्लोबल आइएमई बैंकको ६५औँ एक्सटेन्सन काउन्टर सिरहाको कल्याणपुरमा

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले सिरहाको कल्याणपुर नगरपालिका–११मा ६५औँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ ।

सेवाग्राहीको बढ्दो चाप र विस्तारित बैंकिङ सेवाको आवश्कतालाई मध्यनजर गर्दै ग्लोबल आइएमई बैंक मिर्चैया शाखाको मातहतमा रहनेगरी यो एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याइएको हो ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

एक्सटेन्सन काउन्टरबाट निक्षेप संकलन गर्ने, नगद भुक्तानी गर्ने, मोबाइल तथा अनलाइन बैंकिङ सेवा दिने, रेमिट्यान्सको सुविधा प्रदान गर्नेलगायत सबै किसिमका साधारण बैंकिङ सेवाहङ उपलब्ध हुने बताइएको छ ।

ग्लोबल आइएमई बैंकले ३५० शाखा कार्यालय, ३६८ एटीएम, ३२२ शाखारहित बैंकिङ सेवा, ६५ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा तीन वटा वैदेशिक प्रतिनिधि कार्यालयमार्फत सेवा दिँदै आएको छ ।

 

प्रकाशित मिति: शुक्रबार, असोज ५, २०८०  २३:१०
प्रतिक्रिया दिनुहोस्