site stats
बाह्रखरी :: Baahrakhari
विदेश
एनआरएनएको केन्द्रीय युवा उपाध्यक्षमा उमेदवारी दिँदै अब्दुल वासिद
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)को केन्द्रीय युवा उपाध्यक्षमा अब्दुल वासिदले उमेदवारी घोषणा गरेका छन् । वासिद हाल एनआरएनएमने २०२१–२३ कार्यकालका युवा संयोजक समेत हुन् ।

उनले ‘वर्तमान कार्यकालमा युवालाई धेरै पद बाँडिए पनि काम नपाएको गुनासोलाई मनन् गर्दै धेरैभन्दा धेरै युवालाई सहभागी गराइ काम गर्ने उद्देश्यका साथ आफूले संघको आसन्न निर्वाचनमा युवा उपाध्यक्षमा उमेदवारी दिने तयारी गरेको’ बताएका छन् ।

कतारमा लामोसमयदेखि बसिरहेका वासिद युवा व्यवसायीका रूपमा समेत परिचित छन् । उनी कतारमा आधारित घरायसी उपकरणसम्बन्धी बेलायती ब्रान्ड ‘बेलाको’का प्रमुख कार्यकारी अधिकृत (सीईओ) पनि हुन् ।

प्रकाशित मिति: बिहीबार, असोज ४, २०८०  १९:३९
प्रतिक्रिया दिनुहोस्