site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
‘खरानी ग्रुप चलाउने’ भनेर गोकुल बास्कोटाले कसलाई गर्दै छन् गाली ?
फाइल तस्बिर।

काठमाडौं । नेकपा (एमाले)का नेता गोकुल बास्कोटाले शुक्रबार सामाजिक सञ्जालमा असन्तुष्टि पोखेका छन् ।

पार्टीभित्रको कार्यशैलीप्रति पछिल्लो समय असन्तुष्ट रहेका बास्कोटाले जबज भन्न नजानेर गबज भन्नेहरु पार्टीमा हावी भएको संकेत गरेका छन् । उनले अस्पष्ट रुपमा पोखराको असन्तुष्टिमा अरुको कुरा काटेर जीवन गुजारा गर्नेहरुले अन्यमा खरानी ग्रुप बनाउने उल्लेख गरेका छन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

“कामको नाममा सिन्को नभाँच्ने, दुईजना मान्छे पार्टीमा ल्याउन नसक्ने, भएको संरचनामै २४ घण्टा घट्ट घुमेझैँ दाँती खिउन्जेल घुम्ने, जबज भन्या गजब भन्नेबाहेक अरू नजान्ने, पदबाहेक अरू नदेख्ने र अरुको कुरा काटेरै जीवन गुजारा गर्नेहरुले गर्ने क्रान्तिकारी काम अन्तिममा खरानी ग्रुप चलाउने,” बास्कोटाले ट्विटरमा लेखेका छन् ।

ओलीनिकट भएकै आधारमा पद लिने र काम गर्नेहरुका कुरा काट्नुलाई आफ्नो योग्यता मान्नेहरुविरुद्ध बास्कोटाले लेखेका हुन् ।

“खरानी ग्रुप सबै पार्टीमा छ । खासगरी ठूला पार्टीहरुमा यो रोग नै बनेको छ,” बास्कोटाले बाह्रखरीसँग भने, “तर, मैले आफ्नै पार्टीका लागि लेखेको हुँ । जो जो हो, उहाँहरुले बुझ्नुभएको छ ।”

प्रकाशित मिति: शुक्रबार, भदौ ८, २०८०  १८:५८
प्रतिक्रिया दिनुहोस्