site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
कान्ति बाल अस्पताललाई हिमालयन बैंकको आर्थिक सहयोग

काठमाडौं । हिमालयन बैंक लिमिटेडले महाराजगंजस्थित कान्ति बाल अस्पताललाई २० लाख रुपैयाँ प्रदान गरेको छ ।

संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत २० लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गर्ने निर्णय गरेको बैंकले जनाएको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

बैंकले प्रदान गरेको उक्त रकम कान्ति बाल अस्पतालले आफ्नो मुख्य प्रवेशद्वार निर्माण गर्न तथा अस्पताल हाताभित्र रहेको बाल उद्यान तथा त्यस वरपरको क्षेत्रको सौन्दर्यीकरण गर्न खर्च गर्नेछ ।

बैंककातर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत अशोकशम्सेर राणाले कान्ति बाल अस्पताल विकास समितिका अध्यक्ष डा. बाबुराम गौतमलाई उक्त प्रतिबद्धता पत्र प्रदान गरेका थिए ।

 

प्रकाशित मिति: बिहीबार, भदौ ७, २०८०  १८:५०
प्रतिक्रिया दिनुहोस्