site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
गौरा पर्वको दिन तोकेर आउनुस्, सार्वजनिक बिदा दिन्छौँ : सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले गौरा पर्वको दिन तोकेर आए राष्ट्रिय बिदा दिने बताएका छन् ।

गौरा पर्वको अवसरमा बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले गौरा पर्वको दिन तोकेर सल्लाह गरेर आए प्रधानमन्त्रीसँग आफूले गौरा पर्वमा बिदा दिन आग्रह गर्ने बताए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

गौरा पर्वको दिन बिदा दिनका लागि तिथिभन्दा पनि दिन तोकेर बिदा दिनुपर्ने उनले बताए । गौरा पर्व नेपालमा सुदूरपश्चिम, कर्णालीका साथै उत्तराखण्डको केही भागमा मनाउने गरिएको देउवाले बताए ।

“राष्ट्रिय बिदाको कुरा छ, यसको सम्बन्धमा के अफ्ठ्यारा छन्, कुन दिनलाई गौरा मान्ने ? कुन गतेलाई गौरा पर्व मान्ने ? तिथिमा हुन्छ, कुन दिनलाई गौरा मान्ने भन्ने तपाईँहरु छलफल गर्नुहोस्, मिलाउनुहोस्,” उनले भने, “त्यही दिन प्रधानमन्त्रीलाई अनुरोध गर्न चाहन्छु, त्यही दिनमा राष्ट्रिय गौरा पर्व मनाउने घोषणा गर्नुहुनेछ प्रधानमन्त्रीले ।”

देउवाले गौरा पर्व देशको लागि गौरवको विषय भएको बताए ।

प्रकाशित मिति: बिहीबार, भदौ ७, २०८०  १८:१२
प्रतिक्रिया दिनुहोस्