site stats
बाह्रखरी :: Baahrakhari
देश
पोखरामा घरबाट विद्यालय हिँडेका तीन बालिका बेपत्ता
प्रतीकात्मक तस्बिर ।

कास्की । पोखरामा घरबाट विद्यालय हिँडेका तीन बालिका बेपत्ता भएका छन् । यही साउन १९ गते विद्यालय जाने भनी हिँडेका बालिका हराए भएपछि परिवारले खोजीका लागि हारगुहार गरेका छन् ।

पोखरा महानगरपालिका–२, विन्ध्यवासिनीका १४ वर्षीया मनिका, १३ वर्षीया एलिसा र १४ वर्षीया राधिका परियार सम्पर्कविहीन भएका हुन् । तीनैजना बालिका हालसम्म पनि फेला नपरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

हराएका बालिकाका आफन्तका अनुसार घरबाट विद्यालय हिँडेका बालिका सो दिन विद्यालय पुगेका थिएनन् । हराएका मध्ये राधिका र मनिका राष्ट्रिय माध्यमिक विद्यालय र एलिसा बरपाटन माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थी हुन् ।

आफन्तले दुई बालिकाले फोनमा कुरा गरे पनि कहाँ कस्तो अवस्थामा रहेको जानकारी नभएको बताएका छन् । राधिका र मनिकाले अभिभावकसँग फोनमा कुरा गरेको बताइन्छ ।

परिवारका अनुसार बालिका हराउँदा बखत विद्यालयको पोसाक सेतो सर्ट र  निलो स्कट लगाएका थिए । प्रहरीका अनुसार हराएका बालिकाका परिवारले घरबाट स्कुल जाने भनी हिँडेका र हालसम्म घरमा फर्की नआएका भनी खोजीका लागि प्रहरीमा निवेदन दिएका छन् ।

“आफन्त, इष्टमित्र समेतको सम्पर्कमा नआएको हुँदा खोजतलास गरी पाऊँ भन्दै परिवारले जिल्ला प्रहरी कार्यालयमा निवेदन दिएपछि खोजीकार्यलाई तीव्र बनाइएका छौँ,” जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकले भने । रासस

प्रकाशित मिति: मंगलबार, साउन ३०, २०८०  ०९:२८
प्रतिक्रिया दिनुहोस्